नेकपा बागमती प्रदेश अध्यक्षमा आनन्द पोखरेल : प्रचण्ड-नेपाल समूह कारवाहीमा



नेपाल कम्युनिष्ट पार्टी (नेकपा ) बागमती प्रदेश संगठन कमिटीको भक्तपुरमा सम्पन्न चौथो पूर्ण बैठकले नेकपा केन्द्रीय सदस्य तथा पूर्व मन्त्री आनन्द पोखरेललाई अध्यक्ष र केन्द्रीय सदस्य खेम लोहनीलाई सचिवमा छनोट गरेको छ।

नेकपा सचिवालय सदस्य तथा उप-प्रधानमन्त्री ईश्वर पोखरेलको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले प्रचण्ड-नेपाल समूहका अध्यक्ष नारायण दाहालले पार्टी पद्दति र अनुशासन विपरित काम गरेको भनी कारवाही गर्दै नेता पोखरेललाई सर्वसम्मत रुपमा अध्यक्षमा छनोट गरेको हो।

अध्यक्ष पोखरेलले जिम्मेवारी प्राप्तिपछि भने,” प्रदेश पार्टी कामलाई अझ व्यवस्थित गर्दै टोल-टोलसम्म पार्टीको वैचारिक र सांगठानिक कामलाई अघि बढाउँदै माघ १५ सम्ममा वडा कमिटीसम्मको एकता सम्पन्न गरिनेछ।”

प्रतिक्रिया दिनुहोस्