भारतीयले नेपाल आएर रक्सी पिएर झगडा गरेपछि नेपालीले घरमै गएर कुटे…



नेपालको कञ्चलपुर र भारतको पीलीभित जिल्लाबिचको अन्तराष्ट्रिय सीमा बन्द गरिएको छ ।

८ जना नेपालीले भारतमा गएर त्यहाँको सुन्दर नगरगाउँका ३५ बर्षका बालवीर सिंहलाई कुटपिट गरेपछि यो समस्या सिर्जना भएको हो । कुटपिट गरेको भोलिपल्ट अन्तर सीमा गतिविधिमा प्रतिबन्ध लगाइएको छ । मदिरा पिएर उनले स्थानीयसँग झगडा गरेका थिए । झगडाको कारण अहिलेसम्म खुल्न सकेको छैन ।

केही स्थानीयले भने उनी मानव तस्करी र बेचबिखनमा सलंग्न रहेको आरोप लगाएका छन् । यद्यपि यो कुरा कत्तिको साँचो हो त्यसको खुलासा भने भएको छैन ।

प्रतिक्रिया दिनुहोस्