‘आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न र फाल्न सकिएन’ : योगेश भट्टराई



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल पक्षका नेता योगेश भट्टराईले आफूहरुको समूहलाई दुध विक्री गर्ने पसल र ओली समूहलाई रक्सी बेच्ने पसलको संज्ञा दिएका छन् । मंगलबार काठमाडौंमा आयोजित प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता भट्टराईले संसद विघटनपछि दुईवटा पसल खुलेको र दुध विक्री गर्ने पसल वा रक्सी भट्टितिर जाने भन्ने निर्णय गर्ने बेला आएको बताए ।

उनले प्रचण्ड–माधव नेपाल रहेको पार्टी नै आधिकारिक पार्टीको दाबी गरे । र आफूहरुको पार्टीले समाजवादउन्मुख व्यवस्थाका लागि पहल गरिरहेको उनको दाबी छ ।

उनले आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न नसकेको समेत बताए । नेपालमा भएका पटक–पटकका राजनीतिक क्रान्तिहरुले बाहिर देखिएका महाराजलाई फालेपनि आफ्नै पार्टीभित्रका महाराजहरुलाई देख्न र फाल्न नसकेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्