पेट्रोलियम पदार्थमा मूल्यवुद्धि फिर्ता लिन नेविसंघको माग



काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा मूल्यवुद्धि फिर्ता लिन माग गरेको छ ।

नेपाल आयल निगमले सोमबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्यवृद्धि गरेको थियो ।

नेविसंघ अध्यक्ष राजिव ढुंगानाले मंगलबार विज्ञप्ति निकालेर पेट्रोलियम पदार्थमा गरेको मूल्यवृद्धि फिर्ता लिन माग गरेका हुन् ।

जनताको ढाड भाँच्ने गरी पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन ओली सरकारलाई चेतावनी दिन चाहन्छु, उनले भनेका छन् । ‘

तर नेपाल आयल निगमले भने भारतबाटै पेट्रोलियम पदार्थको मूल्य वुद्धि भएर आएकोले स्वचालित मूलय प्रणालीअनुसार पेट्रोलियम पदार्थमा मूल्य बढाइएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्