प्रधानमन्त्री ओलीको योजनानै संविधान च्यात्नु हो : कांग्रेस केन्दीय सदस्य चौधरी



काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले प्रधानमन्त्री केपी शर्मा ओलीको संविधाननै भंग गर्ने ‘गेम प्लान’को प्रारुप संसद विघटन भएको बताएका छन् । उनले प्रधानमन्त्रीको योजना संसद मात्रै हैन, संविधाननै च्यात्नु रहेको बताए ।

बिगतदेखिनै ओली संविधानदेखि असहमत रहँदै आएको भन्दै उनले भने ओलीले संसद मात्रै हैन, संविधाननै ध्वस्त पार्न चाहन्छन् । ओलीले संविधानले गरेका ब्यवस्थाहरु संघीयता गणतन्त्र, समावेशीताका विषयका विरुद्ध बोलेको स्मरण गर्दै चौधरीले त्यसले पनि प्रधानमन्त्री संविधाननै ध्वस्त पार्न चाहन्छन् भन्ने प्रष्टै हुने चौधरीको दाबी छ ।

बिगतमा हेर्नुस ओलीले संविधानले गरेका व्यवस्थाहरु संघीयता, गणतन्त्र, समावेशिता जस्ता कुनै पनि बिषयलाई स्वीकार गर्न सकेनन्, उनि यि विषयको खिलापमा रहेर बोले, उनले भने यसले पनि के पुष्टि गर्छ भने ओलीले यो संविधान चाहेका थिएनन् फलतः अहिले च्यात्न चाहन्छन् ।’

प्रतिक्रिया दिनुहोस्