भूमाफियालाई छाडा छोड्दा काठमाडौंमा बस्न अयोग्य हुने भयो बाहिर सारौं : बाबुराम भट्टराई



काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले संघीय राजधानी काठमाडौं बाहिर सार्न प्रस्ताव गरेका छन् । अध्यक्ष भट्टराईले मंगलबार एक ट्विट लेख्दै संघीय राजधानीलाई उपत्यकाबाहिर सार्न जिकिर गरेका हुन् ।

उनले भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका केही दशकमा कंक्रिट जंगल बन्ने र बस्न अयोग्य हुने भन्दै उपत्यकाबाहिर सार्नु पर्ने बताएका हुन् ।

उनले ट्विटरमा लेखेका छन् : विकास र संरक्षण बीचको अन्तरसम्बन्ध बुझ्न र सन्तुलन कायम गर्न नसक्दा र क्रोनी क्यापिटालिज्मका मुख्य खलपात्र भूमाफियालाई छाडा छोड्दा काठमाडौं उपत्यका त केही दशकमा कंक्रिट जंगल बनेर बस्न अयोग्य हुने भयो तुरुन्त राष्ट्रिय भूउपयोग नीति लागू गरौं संघीय राजधानी काठमाडौं बाहिर सारौं

प्रतिक्रिया दिनुहोस्