
काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका मुद्दाहरुमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा मंगलबारको बहस सुरु भएको छ ।
आइतबारदेखि निरन्तर बहस भइरहेको उक्त मुद्दामा आज रिट निवेदकका तर्फबाट अधिवक्ता शिवकुमार यादवले पहिलो बहस गरेका छन् ।
यसअघि सोमबारको बहसमा रिट निवेदकका तर्फबाट दुई जना वकिलले बहस गरेक थिए । एउटै वकिलले लामो बहस गरेपछि न्यायाधीशले समयको ख्याल गर्न भनेका थिए ।





