

ललितपुरको महालक्ष्मी नगरपालिका ७ लामाटारको चाँगाथलीमा घरभित्रै एक दम्पती मृत अवस्था फेला परेका छन् ।
३२ बर्षीय सागर पोखरेल र उनकी २२ बर्षीय श्रीमती निर्मला पोखरेल बन्द कोठाभित्र मृत अवस्थामा भेटिएका महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी प्रज्वल महर्जनले जानकारी दिएका छन् ।
प्रवक्ता महर्जनले बताए अनुसार घरमा कोही नभएको मौका छोपी विष सेवनबाट आत्महत्या गरेको अनुमान लगाइएको छ । किनकी कोठामा विषको बट्टा पनि भेटिएको छ । तर मृत्युको वास्तविक कारण भने खुलेको छैन । मृत भेटिएका दम्पत्तीको शव पोष्टमोर्टम गर्ने तयारी भैरहेको छ ।