फुटपातमा सुतेका मजदुरमाथि चड्यो ट्रक, १३ जनाले गुमाए ज्यान



भारतको गुजरात राज्यमा निकै अप्रिय घटना घटेको छ । गुजरातमा सडकमा सुतिरहेका मजदुरमाथि ट्रक गुड्दा १३ जनाले ज्यान गुमाएका छन् । गुजरातको सुरत शहरको कोसाम्बाको नजिकै गएराति यो घटना घटेको हो ।

प्राप्त जानकारी अनुसार उक्त ट्रक उखु बोकेको एक ट्याक्टरसँग ठोकिएर नियन्त्रण बाहिर भएको थियो । ट्रक नियन्त्रण बाहिर भएपछि फुटपातमा सेतेकाहरुमाथि चढेको हो । सोही घटनाका कारण १३ जनाको ज्यान गएको हो । घटना हुन बेला १८ जना मजदुरहरु सुतिरहेका थिए । १२ जनाको घटनास्थलमै मृत्युभ एको थियो भने १ जनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । अन्यको भने उपचार भैरहेको छ ।

भारतीय प्रधानमन्त्रीले ज्यान गुमाउने प्रति श्रदाञ्जली अर्पण गर्दै परिवारमा समवेदना प्रकट गरेका छन्। उनले प्रधानमन्त्री राष्ट्रिय राहत कोषबाट जनही २ लाख रुपैयाँ सहायता प्रदान गरिने घोषणा गरेका छन। यस्तै उनले ५० हजारका दरले घाइतेलाई सहयोग गर्ने पनि बताएका छन।

प्रतिक्रिया दिनुहोस्