
काठमाडौं । सुर्खेत कर्णाली प्रदेशको राजधानी बिरेन्द्र नगर सुर्खेतमा रहेको साझाघर नेपाल यतिबेला सहयोगीहातहरुको खोजीमा रहेका बेला पुख्र्यौलीघर दैलेख भई सुर्खेतमा व्यावसाय गरि बस्ने एक सफल व्यावसायी तिर्थ सुनारले साझाघर सुर्खेतमा रहेका टुहुरा र घर परिवार बिहिन भएका नागरिकलाई आर्थिक तथा सामग्री बितरण गर्ने गरेका छन् ।
यसै क्रममा वेवारिसे अबस्थामा मंगल गढी चोकमा बच्चा जन्माएकी तर कसको बच्चा हो भन्ने कुरा थाहा नभएकी एक महिलालाई उद्दार गरि राखिएको साझा घरमा गएर ल्यक्टोजिन लगायत अन्य सामाग्री हस्तान्तरण गरेका हुन सुनारले साझाघर नेपाल लाई सुरुवात देखि हालसम्म सहयोग गर्दै आएका छन् ।
अहिले देशम तीन तहका सरकार छन् तर सर्वसाधारण नागरिकको लागी सरकार नभएको अनुभुती भएको तिर्थ सुनारको भनाइ छ । कुरा ठुला गर्ने सरकारले गरिव दुखीलाई सहयोग गरिदिए हुन्छ डुला भाषण सुनेर जनता वाक्क भैसकेका छन् भाषणको हैन रासनको खाँचो छ त्यसतर्फ ध्यान दिन सरकारलाई सुनारले आग्रह समेत गरेका छन् ।





