नेताकार्यकर्तालाई आफ्नो समूहमा तान्न यस्तो रणनीति अपनाउँदै ओली र दाहाल-नेपाल पक्ष…



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विभाजित भएपछि ओली समूह र नेपाल दाहाल समूह एकअर्काका नेताकार्यकर्ता तान्ने रणनीतिमा लागिरहेका छन् । ओली पक्षले नेताकार्यकर्तालाई आफूतिर ल्याउन केन्द्रदेखि नै बल प्रयो गरिरहेका छन् भने दाहाल नेपाल समूहले पनि उचित जिम्मेवारी दिने र भरसक नेताकार्यकर्तालाई ओली पक्षतिर जान नदिने अठोट गरेका छन् ।

नेपाल दाहाल समूहमा धेरै नेताकार्यकर्ता गएपछि ओली समूहले गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री टोप बहादुर रायमाझी, खानेपानीमन्त्री मणि थापा, खेलकुदमन्त्री दावा लामा र पूर्वमाओवादीबाट केन्द्रीय सदस्य भएका नेताहरुको सहयोगमा पूर्वमाओवादी र पूर्वलडाकुलाई आफ्नो पक्षमा तान्ने कोसिस गरिरहेका छन् । ओली समूहले पूर्वमाओवादीका नेताकार्यकर्ता समेट्न पार्टीको जिम्मेवारी दिने योजना बनाएको छ । ओली पक्षले पूर्वएमाले नेताकार्यकर्ता समेट्न हरेक कमिटीमा छुट्टाछुट्टै समिति बनाएको छ ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्