हरेक दिन हुने गर्छ १० बर्षमुनिका एकजना बालिकामाथि बलात्कार



नेपाल प्रहरीले जानकारी दिए अनुसार प्रत्येक दिन औसतमा १० बर्षमुनिका एक जना बालिकाहरु बलात्कारको सिकार बन्ने गरेका छन् । आर्थिक बर्ष २०७७ र २०७८ को साउनदेखि मंसिरबिचको पाँच महिनामा मात्रै १० बर्ष मुनिका १ सय ३४ बालिका र एक बालक बलात्कारको सिकार भएका छन् ।

यहि अवधिमा ११ देखि १६ बर्षका ४ सय २८ बालिकाहरु बलात्कारको सिकार बनेको तथ्यांक सार्वजनिक भएको छ । लुम्बीनी प्रदेशमा मात्रै पछिल्लो पाँच महिनामा १० बर्ष मुनिका ३० बालिका बलात्कृत भएका छन् ।

यो तथ्यांक यो अवधिमा प्रदेश १ बाहेकका अन्य ५ प्रदेशको तुलनामा सबैभन्दा उच्च हो । यही अवधिमा लुम्बिनी प्रदेशमा ११ देखि १६ वर्ष उमेर समूहका ५८ बालिका बलात्कृत भएका छन्।

आजको कान्तिपुर दैनिकमा समाचार छ । यो समाचार आजको राजधानी दैनिकमा महेश्वर गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्