ओलीलाई प्रचण्डको व्यङ्ग्य : ओली जस्ता भेडाहरुको संगत गरेर हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो ?



काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा विघटनका विषयमा जनताले आफ्नो फैसला सुनाउने बेला आएको बताएका छन् ।

सर्वोच्च अदालतमा चलिरहेको मुद्दा कानून व्यवसीहरुले लड्ने भन्दै उनले पार्टीका नेता कार्यकर्तालाई जनतामा जान आग्रह गरे ।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई खलनायक र गणतन्त्रलाई बच्चासँग तुलना गर्दै उनले अघि भने, त्यो बच्चालाई हामीबाट खोसेर मार्ने षड्यन्त्र गरिँदैछ, अनि हामी हेरेर बस्न सक्छौं ? त्यसकारण जनअदालतमा फैसला सुनाउने दिन आयो ।

उनले अघि भने, केपी ओली जस्ता भेडाहरुको संगत गरियो । हामी पनि अलिअलि भेडा जस्ता भएछौं कि क्या हो ? त्यसैले ऐनाअगाडि उभिएर हेरौं, सिंहका सन्तान हौँ, भनेर गर्जियो भने केपी ओली जस्ता भेडाहरु….. ।

भोलि महिलाहरुको मात्र जुलुस, पर्सि मोटरसकाइकल ¥याली, ९ गते देशभरका साथै काठमाडौंमा विशाल प्रर्दशन गर्ने उनले सुनाए ।

प्रतिक्रिया दिनुहोस्