‘लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्दैन’ : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्ने बताएका छन् । सोमबार बिहान सामाजिक सञ्जालमा आफ्नो प्रतिक्रिया दिँदै पौडेलले लेखेका छन् – लोकतन्त्रको चीर हरण हुँदा काँग्रेस चुप लागेर बस्ने कुरा हुँदैन । त्यसैले, संविधान जोगाएर मात्र निर्वाचनमा जानु पर्छ ।

पौडेलले प्रतिनिधि सभा पुनस्र्थापनामा जोड दिँदै यसपछिमात्र निर्वाचनमा जानु उपयुक्त हुने मत पेश गर्दै आएका छन् । वरिष्ठ नेता पौडेलले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्ने नमिल्नेसमेत बताए । जनताको मतलाई लात हान्नेले जनताको मतलाई लात हान्नेले जनताको कुरा गर्न मिल्दैन । त्यसैले संविधान जोगाएर मात्र निर्वाचनमा जानुपर्छ, उनले भने ।

प्रतिक्रिया दिनुहोस्