प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन : सिटौला



काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्साद सिटौलाले संविधानको सर्वोच्च अदालतले सही व्याख्या गर्नुपर्ने बताएका छन् ।

उनले प्रधानमन्त्रीका असंवैधानिक कदमलाई सहयोग गर्नेभन्दा रोक्ने अदालत आवश्यक परेको पनि बताए ।

संविधानअनुसार प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार नरहेको सिटौलाको भनाइ छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा विघटन गरेका थिए ।

प्रधानमन्त्रीको उक्त कदम असंवैधानिक र अलोकतान्त्रिक रहेको कांग्रेसले ठहर गरिसकेको सिटौलाको भनाइ छ ।

प्रधानमन्त्री ओलीले यो राष्ट्र र जनतामाथि उहाँले रिस पोख्नुभयो, काठमाडौंमा आज गणेशमान सिंह तथा शहीद स्मृति शान्ति प्रतिष्ठानले गरेको कार्यक्रममा उनले भने ।

प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार संविधानमा नभएको र बहुमतको सरकार बन्न नसक्ने अवस्थामा मात्रै बाध्यात्मक रुपमा विघटन हुन सक्ने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्