
काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेको प्रचण्ड नेपाल समूहका तीन जना सांसदले हस्ताक्षर फिर्ता गर्ने भएका छन् ।
प्रदेश १ को सामाजिक विकास राज्यमन्त्री पदबाट राजीनमा दिएर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी जसमाया गजमेर, गोपाल बुढाथोकी र श्रीप्रसाद मैनालीले हस्ताक्षर फिर्ता गर्न लागेका हुन् ।
घोषणा गरिसकेका छैनौं, गजमेरले भनिन्, तर, हामी त्यो निर्णयमा पुगेका छौं । नेकपाका ३७ सदस्यले हस्ताक्षर गरेकामध्ये अब उक्त समूहमा ३२ सांसद बाँकी छन् ।





