प्रचण्ड-माधवलाई बाबुराम भट्टराईको प्रश्न : केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्नु हुन्न ?



काठमाडौं । जनता समाजवादी पार्टी नेपालका संघीय परिषद अध्यक्षसमेत रहेका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाललाई कित्ता क्लियर गर्न आग्रह गरेका छन् ।

प्रतिनिधि सभा विघटन गरेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई अझै पनि प्रचण्ड नेपालले कारवाही नगरेकाले आशंका पैदा भएको उनको भनाइ छ ।

केपी ओलीलाई किन पार्टीबाट अझै निकाल्न हुन्न ? तपाईहरुले कित्ता क्लियर गर्नुस । तपाईहरु अझै पनि सत्तामा जान खोजिरहनु भएको त होइन भन्ने हामीलाई र कांग्रेसलाई आशंका छ, काठमाडौमा आज बिहान भएको एक कार्यक्रममा भट्टराईले भने ।

तर अदालतबाट प्रतिनिधि सभा पुनस्र्थपना नहुने अवस्था र बाहिरी हसतक्षेप बढ्दै जाने हो भने हातमा दही जमाएर नबस्ने पनि भट्टराईले बताएका छन् ।

हामी शान्तिपूर्ण ढंगले आन्दोलत गछौं । बाहिरी शक्ति आयो भने हातमा दही जमाएर बस्ने ? बाहिरी हस्तक्षेप भएकमा रामनाम जपेर बस्दैनौं । त्यस्तो स्थिति नआओस् उनले भने ।

प्रतिनिधि सभा पुनस्र्थापनाका लागि संयुक्त रुपमा दलहरु आन्दोलनमा जानुपर्ने भट्टराईको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्