रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत, युवक पक्राउ



काठमाडौं । रुपन्देहीमा पाँच वर्षीया बालिका बलात्कृत भएकी छिन् । तिलोत्तमा नगरपालिका १५ कोटिहवाकी बालिका पसल जाने क्रममा बलात्कृत भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

प्रहरीले बालिकालाई बलात्कार गरेको आरोपमा कपिलबस्तुको वाणगंगा नगरपालिका १३ बभनी बस्ने २८ वर्षीय होमबहादुर बिकलाई पक्राउ गरेको छ ।

गत माघ १ गते साँझ ५ बजे घरबाट पसल जान निस्किएकी बालिका बेलुकी करिब ७ः४५ बजेसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीको साथमा र परिवार र स्थानीयले खोजी गर्दै गर्दा बालिकालाई उनको घरदेखि केही पर खेतनजिकै खोल्सामा गम्भीर अवस्थामा फेला पारेको थियो भने आरोपित बिकलाई घटनास्थलबाटै पक्राउ गरेको थियो ।

बलात्कार आरोपी विकमाथि अदालतबाट म्याद थप गरी प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ । बालिकाको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल गम्भीर अवस्थामा उपचार भइरहेको प्रहरी उपरीक्षक पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्