परराष्ट्रमन्त्री ज्ञवालीले अन्तिम समयसम्म प्रयास गर्दा पनि मोदीले भेट्न चाहेनन्…



परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली केहीसमय अघि भारत भ्रमणको लागि गएका थिए । यसबिच नेपालले भारतीय पक्षलाई महत्व दिएको भएपनि भारतीय पक्षले भने नेपाली पक्षलाई त्यति महत्व नदिएको पाइएको छ । परराष्टमन्त्री ज्ञवालीले भ्रमणका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेटन् अन्तिम सयसम्म पनि निकै प्रयास गरे तर मोदीले उनीसँग भेट गरेनन् ।

जब कि नेपालमा भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्त गोलदेखि सेनाप्रमुख र विदेश सचिवलाई समेत प्रधानमन्त्री तथा राष्ट्रपतिले भेटको अवसर दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारत दुई छिमेकी मुलुक आकारका हिसाबले सानाठूला भए पनि समान हैसियत भएका र समान व्यवहारको अपेक्षा गर्ने बताइरहँदा भारतीय पक्षले भने त्यसलाई बेवास्ता गरेको छ ।

भारतीय पक्षले नेपाली प्रतिनिधि मण्डलले उठाएका सीमा विवादलगायत विषयलाई पनि संयुक्त छलफलको विषय बनाएको छैन । जबकि पछिल्लो समय दुई देशबीच देखिएको चिसोपनको मुख्य कारण सीमा विवाद नै हो र पछिल्ला भ्रमण र संवादले भारतीय पक्ष नेपालसँग सीमा विवादका विषयमा छलफल गर्न तयार हुने अपेक्षा गरिएको थियो ।

आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्