
दाङ । नेकपा प्रचण्ड माधव समूहका अध्यक्ष माधवकुमार नेपालले केपी ओली समूहको पार्टी मेला मात्रै नभएर झमेला भइसकेको बताएका छन् ।
कार्यकर्ता भेला सम्बोधन गर्न दाङ पुगेका नेपालले ओली समूहको केन्द्रीय कमिटीको संख्या आफैंमा झमेला भइसकेको बताए । बालुवाटारतिर मान्छे जानै डराउँछन्, पक्रेर केन्द्रीय सदस्य बनाइदिहाल्छन् । कतिलाई केन्द्रीय सदस्य सुन्नु नपरेपनि हुन्थ्यो भएको छ, नेपालले भने ।
केपी ओलीले जे गरेपनि ठीक भयो भन्ने भारदारहरु छन् । संसद् विघटनलाई पनि ठीक गर्नुभयो भन्ने, पार्टी विभाजनलाई पनि ठीक गर्नुभयो भन्ने, नेपालले भने ।
ओलीले केन्द्रीय सदस्य मनोनित गरेकामध्ये दुई सय जनाले अस्वीकार गरिसकेको नेपालले बताए । एक सयको हाराहारीमा रहेकाहरुले १५०१ सदस्यीय केन्द्रीय कमिटी बनाएको र त्यो संख्या पाँच हजार पुग्ने अध्यक्ष नेपालले बताए ।





