आज फेरि घट्यो सुनको मूल्य, तोलामा कति ?



आज सुनको भाउ घटेको छ । शुक्रबार ९२ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छापावाल सुन आज आइतबार ९१ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छ । यसरी हेर्दा आज ७ सयको दरले सुनको भाउ घटेको छ ।

यस्तै नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार चाँदीको मूल्य भने यथावत नै छ । शुक्रबार प्रतितोला १२ सय ३० रुपैयाँमा कारोबार भैरहेको चाँदी आजपनि सोहि मूल्यमा कारोबार भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्