”आवश्यक परे संविधानसभाको रेकर्ड मगाउँला” : प्रधानन्यायाधीश जबरा



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दाको सुनुवाईको क्रममा रिट निवेदकहरुले संविधान निमार्णको समयमा संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका छन् ।

संवैधानिक इजलासमा आइतबारको बहसका क्रममा अधिवक्ता दिनेश त्रिपाठीले संविधानसभामा भएको छलफलको रेकर्ड मगाउन माग गरेका थिए ।

त्यसपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले उक्त विषय नोट भएको र आवश्यक परे इजलासले रेकर्ड मगाउने बताएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसिमा राष्ट्रपति विद्या भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि त्यसको विरुद्धमा १३ वटा रिट परेका छन् ।

प्रतिक्रिया दिनुहोस्