ओलीले भ्रष्टाचार जोगाउनकै लागि ‘भ्रष्टाचार गर्दिनँ’ भन्ने नारा लगाए : प्रचण्ड



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारी जोगाउनकै लागि भ्रष्टाचार गर्दिनँ, गर्न पनि दिन्न भन्ने नारा ओलीले प्रयोग गरेको बताएका छन् ।

काठमाडौंको बुद्धनगरमा आयोजित राष्ट्रिय युवा संघको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले संसद् विघटन गर्ने निर्णयले संविधानकै हत्या भएको बताएका छन् ।

No description available.

तर, सात दशक लामो संघर्षबाट प्राप्त संविधानको हत्या पछि केपी ओली हाँसेर बसेको प्रचण्डले टिप्पणी गरे । अहिले देश तनाबमा छ । संविधानको चिन्ता छ । यस्तोमा हामी हाँस्न सक्दैनौं, उनले भने ।

अहिलेको व्यवस्था नै ओलीको चाहना नभएको प्रचण्डको आरोप लगाए । आन्दोलनको उत्सव चलिरहँदा उहाँ गोरुगाढाको कथा सुनाउँदै बस्नु हुन्थ्यो । आन्दोलतले गणतन्त्र ल्याउनु र गोरुगाढाबाट अमेरिका पुग्नु एउटै भन्नु हुन्थ्यो, प्रचण्डले भने ।

ओलीले प्रतिक्रियावादीहरुसँग साँठगाँठ गरेर संसद विघटन गरेको प्रचण्डले बताए ।
प्रतिक्रियावादीहरु सँग साँठगाँठ भयो । त्यो अमान्य छ । घृणा गछौं । त्यो पतनको बाटो अस्वीकार्य छ, प्रचण्डको भनाइ थियो ।

No description available.

ओली सिद्धान्तहीन बुर्जुवा बाटोमा हिँडेको प्रचण्डले आरोप लगाए । अख्तियारमा मुद्दा चलिरहेको व्यक्तिलाई समेत ओली आफैले सफाइ दिने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्