यी जोडी : जसले भएजति सम्पत्ति बेचे, जागिर छोडे र अहिले स्कुल बसलाई घर बनाएर बिताइरहेका छन् यस्तो जीवन…



अमेरिकामा बस्दै आएका एक दम्पत्तिले आफ्नो ४ बेडरुमसहितको घर र सबै सम्पत्ति बेचेर एक स्कुल बसमा बस्न थालेका छन् । यो कुरा सुन्दा सबैलाई अचम्म लाग्न सक्छ । किनकी यस्तो घटना हालीले विरलै सुन्ने र देख्ने गरेका छौँ । आफ्नो आरामदायी घर छोडेर स्कुल बसमा घर बसाउने यी जोडीको यतिबेला चर्चा भैरहेको छ । प्लोरिडामा बस्दै आएका यी दम्पत्तिले १४०० वर्गफिटमा फैलिएको घर बेचे, पतिपत्नी दुवैले जागिर छोडे र अहिले बसमा जीवन बिताइरहेका छन् ।

वास्तविकता के हो भने यी दुवैलाई यात्राको सोख छ । २०१६ मा यी दुईले बिहे गरेका थिए । यही वर्षै उनहिरुकी छोरी जन्मिएकी थिइन् । ज्याक र गियानाले विश्वभर घुम्ने आफ्नो चाहना पूरा गर्न चाहन्थे । यही कारण उनीहरु लगातार केही फरक गर्ने सोचिरहन्थे । २ वर्षपछि उनीहरुले परम्परागत जीवनशैली छोड्ने निर्णय गरे ।

२०१८ मा यो जोडीले एक अनलाइन समुदायको बारेमा थाहा पाए । यो यस्ता मानिसहरुको समुदाय हो जो आफ्नो ९ देखि ५ को अफिस जीवन छोडेर क्याम्प भ्यानमा बस्छन् । त्यहीँबाट काम गर्छन् र यात्रा गर्छन् । ज्याक र उनकी पत्नी यो समुदायमा सामेल भए । उनीहरुले घर, कार बेचे । त्यो पैसाले सेकेण्ड ह्याण्ड मार्सिडिज बेन्ज किने र यसलाई घरमा परिणत गरे । २०१८ को अन्त्यमा उनीहरु फ्लोरिडाबाट हिँडे ।

प्रतिक्रिया दिनुहोस्