यी २० महिनाकी बालिका, जसले ५ जनालाई नयाँ जीवन दिएर मृत्युवरण गरिन्…



५ जना बालबालिकालाई नयाँ जीवन दिएर २० महिनाकी बालिकाले मृत्युवरण गरेकी छिन् । केही समयअघि गम्भिर दुर्घटनामा परेकी धनिष्ठा नाम गरेकी यी बालिकालाई अस्पतालमा डाक्टरहरुले ब्रेन डेड घोषित गरेपछि उनका मातापिताले उनका अंग दान गरिदिए । यससँगै भारतको दिल्लीको रोहिणीकी धनिष्ठा देशकै सबैभन्दा कान्छी अंगदाता बनेकी छिन् । उनको मुटु, कलेजो, मृगौला र आँखाका दुवै कर्निया दान गरिएको छ ।

घनिष्ठाका मातापिताले धनिष्ठालाई कुनैपनि हालतमा बचाउन नसकिने डाक्टरहरुले बताएपछि उनको अंग दान गरिदिने निर्णय लिएका हुन् । धनिष्ठाका पिताले भने, धजतिबेला हाम्री छोरी अस्पतालमा भर्ना थिइन् त्यतिबेला हामीले यस्ता अभिभावकहरु भेट्यौं जो आफ्ना बच्चाको ज्यान बचाउनको लागि अंग पाउने प्रतिक्षा गरिरहेका थिए ।’

आशिषले अगाडि भने ‘हाम्री छोरी ब्रेन डेड भइसकेकी थिइन् । मैले डाक्टरसँग हामीले छोरीका अंग दान गर्न सक्छौं कि भनेर सोधें । डाक्टरले हामीले यस्तो गर्न सक्ने बताउनुभयो । म र मेरी पत्नीले अरु बालबालिकाको ज्यान बचाउनको लागि हाम्री छोरीलाई गाड्नुको सट्टा उनको शरीर दान गर्ने निर्णय गर्यौं । कम्तीमा हामीलाई यो कुराको सन्तुष्टि त हुन्छ कि हाम्री छोरी अब उनीहरुमा जीवित छिन् ।’

प्रतिक्रिया दिनुहोस्