प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ सुरु



काठमाडौं । प्रतिनिधि सभा विघटनविरुद्ध परेका रिटहरुमाथि संवैधानिक इजलासमा आज पुनः सुनुवाइ सुरु भएको छ ।

आज रिट निवेदकहरुले सुरुमा बहस गर्दैछन् । रिट निवेदकले सबै निवेदक र कानुन व्यवसायीले बहस गर्न पाउनुपर्छ, भन्दै समय तोकिदिन माग गरेका छन् ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले सवैले बहस गर्न त पाउने तर गम्भीर विषयमा कसरी समय तोकिदिने भन्दै विचार गरेर बोलिदिन आग्रह गरे ।

यसअघि वृहत् पूर्ण इजलासमा रिटहरुको सुनुवाइ गर्ने कि संवैधानिक इजलासमा भन्नेमा विवाद थियो । तर सर्वोच्च अदालतले संवैधानिक इजलासमै सुनुवाइ गर्ने निर्णय गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु विश्वम्भर प्रसाद श्रेष्ठ, अनिल कुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसी छन् ।

प्रतिक्रिया दिनुहोस्