निर्वाचन आयोग दलहरुसँग छलफल गर्दै



काठमाडौं । निर्वाचन आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने दलहरुलाई आयोगको कार्यालयमा बोलाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेर वैशाखमा निर्वाचन तय गरेका थिए ।

आगामी वैशाखमा हुने भनिएको निर्वाचनबारे छलफल गर्न दलहरुलाई आज बोलाइएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

तर यस सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेका बेला आयोगले भने निर्वाचन तयारी थालेको छ ।

केही बेरपछि आयोगको कार्यालयमा राजनीतिक दलहरुका प्रतिनिधिसँग छलफल हुन्छ, श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्