पहिलो श्रीमानलाई छोडेर दोस्रो विवाह : दुई श्रीमानबिच झगडा हुदाँ गर्भवती श्रीमती घाइते



हुम्लाको सिमकोट गाउँपालिका–७ डाँडाफयामा दुई पक्षबीच झडप हुँदा एक गर्भवती घाइते भएकी छन् । पहिलाका श्रीमान्लाई छाडेर दोस्रो विवाह गरेकी ती महिलाका कारण दुई पक्षबीच झडप भएको हो ।

ती महिलाका पहिलो र दोस्रो श्रीमानबिच विवाद हुदाँ पहिलो श्रीमानले ती महिलामाथि हातपात गरेको स्रोतले जनाएको छ । पहिलो श्रीमानलाई छोडेर दोस्रो श्रीमानसँग विवाह गरेको केही समय अगाडि मिलापत्र गरेको भए पनि शनिबार पुनः दुई पक्षबिच झडप भएको हो । रु ११ लाख तिरेर मिलापत्र भएको भए पनि दोस्रो श्रीमान् उमेशले आफूले पैसा तिरेको भर्पाइसहितको कागजात माग्न खोज्दा पहिलाका श्रीमान् धनराजले गर्भवती महिलालाई हातपात गर्दा निधार र कानमा चोट लागेको छ ।

पैसा लिएको भर्पाइ माग्दा पहिलाका श्रीमान् पक्षकाले मिलेर कुटपिट गरेको बताइएको छ । ती महिलाको पेटमा पाँच महिनाको गर्भ रहेको र अहिले बोल्न नसक्ने भएका कारण उचारका लागि सिमकोट ल्याइएको छ । कानमा लगाएको सुनको एक कानको रिङसमेत हराएको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्