पोखरा–बाग्लुङ राजमार्गमा जीप दुर्घटना हुदाँ २ को मृत्यु, ७ घाइते



पोखरा–बाग्लुङ राजमार्गमा हिजो साँझ जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा परी २ जनाको ज्यान गएको छ भने ७ जना घाइते भएका छन् । मृत्यु हुनेमा पोखरा महानगरपालिका–१० बस्ने ५० बर्षीया प्रकाश पुन र ५२ बर्षीया चित्र पुन रहेका छन्

प्रकाशको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल र चित्रको मणिपाल अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ । जीपमा नौ जना सवार रहेकामा घाइतेको हाल सहारा अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक केसीले बताए ।

प्रतिक्रिया दिनुहोस्