निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न डा. राजन भट्टराईको निर्देशन



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बूढानीलकण्ठ नगरपालिका वडा नं. २ कमिटीले आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा बोल्दै नेकपा केन्द्रीय सदस्य तथा प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डा. भट्टराईले आगामी बैशाखमा निर्वाचन हुने पक्का भएकाले निर्वाचन केन्द्रीत कार्यक्रम सञ्चालन गर्न निर्देशन दिएका छन् ।

काठमाडौं क्षेत्र नं ४ मा रहेका १२ वटै वडामा पार्टी अगुवा कार्यकर्ता भेला,आयोजना गर्न पार्टी कमिटीलाई निर्देशन दिदैँ प्रधानमन्त्रीको कदम लाई दरिलो साथ र समर्थन गरेकोमा नेता तथा कार्यकर्तालाई धन्यवाद दिएका थिए।

गत संसदीय निर्वाचनमा काठमाडौँ ४ बाट उपविजेता बनेका डा. भट्टराईले काठमाडौँ ४ को विकासमा निरन्तर नेतृत्व गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्