‘जहाँ केपी ओली, त्यहिँ सूर्य चिह्न’ : नेता आनन्द पोखरेल



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सिन्धुली काठमाडौँ सम्पर्क मञ्चद्धारा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा बागमती प्रदेश सचिव तथा केन्द्रीय सदस्य आनन्द पोखरेलले जहाँ केपी ओली, त्यहिँ नेकपाको चुनाव चिह्न सूर्य हुने दाबी गरेका छन् ।

सम्बोधनको क्रममा नेता पोखरेलले राष्ट्रिय स्वाभिमान, राष्ट्रियता, विकास र समृद्धिका नायक प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भएको दाबी गर्दै राष्ट्र र राष्ट्रियता पक्षमा काम गरेकै कारण पार्टीभित्रका केही नेताहरुले प्रधानमन्त्री ओलीलाई पार्टी र सरकारबाट हटाउने तयारी गरेको कारण बाध्यताबस् प्रधानमन्त्री ओलीले संसद विघटन गर्नु परेको बताएका थिए ।

सिन्धुली जिल्लाबाट काठमाडौँ आई विभिन्न पेशा र व्यवसाय गर्ने नेकपा समर्थक अगुवा कार्यकर्ताहरुको भेलाले नारायण सुनुवारलाई सम्पर्क मञ्चको अध्यक्ष चयन गर्दै १०१ सदस्य सिन्धुली काठमाडौँ सम्पर्क मञ्चको पुर्नगठन समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्