प्रचण्ड–माधवलाई प्रधानमन्त्री ओलीको आग्रह : ‘सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कनुहोस्’



नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली सहित उनको समूहले प्रचण्ड–माधव समूहलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्कन आग्रह गरेका छन् ।

आज राजधानीमा आयोजित कार्यकर्ता भेलामा प्रधानमन्त्री ओलीले सूर्य चिह्बाट एकपटक पनि चुनाव नलडेका प्रचण्डे अहिले सूर्य चिह्न मेरै हो भन्ने अधिकार नै नभएको बताएका छन् ।

‘हिजो सूर्य चिह्नमा चुनाव लड्न सहमति गरेर तोड्ने काम गर्ने तपाईंलाई सूर्य चिह्न चाहिने भए पार्टीमा फर्किनुस्, बैठकमा आउनुस्,’ उनले भने ।

त्यसका साथै पार्टी अध्यक्ष रहेको आफूविरुद्ध अराजक, अनुशासनहीन ढंगले सडक र सञ्चारमाध्यमहरुमा गएर बोल्ने काम भएको पनि उनले आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्