एक युवकले च्याउको चिया सुइबाट नशामा हालेपछि शरीरमै उम्रियो च्याउ…



एक युवकले च्याउको सुइमार्फत शरीरमा इन्जेक्ट गरेपछि अहिले उनको स्थिति निकै गम्भिर भएको छ । च्याउको इन्जेक्सन लगाउने बित्तिकै उनको स्वास्थ्य बिग्रियो । उनलाई हतार हतार अस्पताल पनि पुर्याइयो । उनको ज्यान त बच्यो तर अवस्था भने सामान्य छैन । अब उनले बर्षौसम्म एन्टिफंगल औषधी नियमित रुपमा खानुपर्ने भएको छ । उनले शरीरमा च्याउको चिया इन्जेक्ट गरेको केही समयभित्रै उनको शरीरमा च्याउ उम्रन थालेको थियो ।

ती ३० वर्षका बिरामीको पहिचान खुलाइएको छैन । ती बिरामी बाइपोलर डिसअर्डरका बिरामी थिए र उनलाई साइकेडेलिक प्रजातिको च्याउ सेवन गर्न भनिएको थियो । यो च्याउमा सिलोसाइबिन हुन्छ जसले दिमागलाई केही समयसम्म नशामा पुर्याउँछ । तर, ती बिरामीले च्याउ सेवन गर्नुको सट्टा त्यसको सुप शरीरमा हालेका थिए ।जसका कारण उनको स्वास्थ्य अवस्था बिर्गिएको हो ।

परिवारले उनलाई तत्कालै नेब्रास्का अस्पताल लिएर गए । डाक्टरहरुले जाँचको क्रममा उनको कलेजो क्षतिग्रस्त भएको, मृगौलाले ठिकसँग काम नगरेको र उनी अर।ग्यान फेलियरको स्थितिमा पुगेको पाएका थिए । डाक्टरहरुले उनको रगतको जाँचमा उनको नशाभित्रको अँध्यारोमा च्याउ उनको नशाभित्रै उम्रिन थालेको पाएका थिए । डाक्टरका अनुसार उनलाई २२ दिन अस्पतालमा राख्नु परेको थियो र अब पनि उनले लामो समयसम्म एन्टिफंगल र एन्टिबायोटिक्स औषधि खाइरहनुपर्छ ।

प्रतिक्रिया दिनुहोस्