एक युवतीले शारिरीक सम्बन्धका क्रममा हातखुट्टा कुर्सीमा बाँधिदिदाँ युवकको मृत्यु



एक युवतीले शारीरिक सम्बन्धको क्रममा आफ्ना प्रेमीका हातखुट्टा कुर्सीमा बाँधिदिदाँ ती युवकको ज्यान गएको छ । प्राप्त जानकारी अनुसार ती महिला यी २८ बर्षिया पुरुषसँग विगत ५ बर्षदेखि प्रेममा थिइन् । एक लजमा रात बिताउन गएको समयमा ती युवतीले आफ्नै प्रेमीको त्यस्तो हाल बनाएकी हुन् ।

रिपोर्टअनुसार नागपुरको खापरखेडामा एक लजमा शुक्रबार युवक मृत फेला परेका थिए । रातमा शारीरिक सम्बन्धको क्रममा महिलाले नाइलनको डोरीले युवकका हात–खुट्टा कुर्सीमा बाँधिदिएकी थिइन् । धेरै मजा हासिल गर्न भन्दै महिलाले अर्को एउटा डोरी युवकको घाँटीमा पनि बाँधिदिएकी थिइन् । जसका कारण युवकको ज्यान गएको प्रहरीले जनाएको छ ।

घटनापछि पुलिसले महिलालाई सोधपुछका लागि हिरासतमा लिएको छ । युवकको शवलाई पोस्टमार्टमको लागि पठाइएको छ । पुलिसका अनुसार महिलाले आफ्नो प्रेम सम्बन्ध स्वीकार गरेकी छिन् । सर्वोच्च अदालतको एक फैसलापछि २०१८ देखि भारतमा विवाहेतर सम्बन्धलाई अपराध मानिँदैन । पुलिसले दुर्घटनाको केस दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्