प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दा संवैधानिक इजलासमै हुने



काठमाडौं । प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाइ आइतबारदेखि संवैधानिक इजलासमै हुने भएको छ ।

संवैधानिक इजलासमा भएको बहसमा मुद्दा वृहत पूर्ण इजलासमा पठाउने कि नपठाउने भन्नेबारे विवाद भएकै बेला सर्वोच्चले प्रतिनिधि सभा विघटन सम्बन्धी मुद्दाको सुनुवाई संवैधानिक इजलासबाटै हुने सर्वोच्च अदालतका सह रजिस्टार बाबुराम दाहालले जानकारी दिए ।

प्रस्तुत रिट निवेदन संवैधानिक इजलासको क्षेत्राधिकार भित्रको नभएकोले बृहत् पूर्ण इजलासबाट सुनुवाई गरी पाउँ भन्ने द.नं ४४९९ मिति २०७७ ९२२ को निवेदन पेश भयो । प्रस्तुत रिट निवेदनमा नेपालको संविधानको धारा १३७ (३) बमोजिम गम्भीर संवैधानिक व्याख्याको प्रश्न समावेश भएको देखिएकाले निवेदकको मागबमोजिम गर्नु परेन । कानून बमोजिम गर्नू । ‘

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दा वृहत पूर्ण इजलासमा सुनुवाई होस भन्ने रिट निवेदकको मागलाई सर्वोच्च अदालतले अश्वीकार गरेको हो ।

अब मुद्दाको सुनुवाई आइतबारदेखि संवैधानिक इजलासमा निन्तर हुने भएको छ । यता सरकारले मुद्दा पूर्ण इजलासमा पठाउन नहुने भन्दै निवेदन दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्