संवैधानिक इजलासमै सांसद शशी श्रेष्ठको प्रश्न : प्रधानमन्त्री र न्यायाधीश भेटेको सुन्नमा आयो यो के हो ?



काठमाडौं । संसद विघटनसम्बन्धी मुद्दा विचाराधीन रहेका बेला चार न्यायाधीशले प्रधानमन्त्रीलाई भेटेको भन्दै संवैधानिक इजलासमै प्रश्न उठेको छ ।

संसद विघटनको मुद्दामा सुनुवाई गरिरहेको संवैधानिक इजलासमा सांसद शशी श्रेष्ठले यसबारे प्रश्न उठाएकी हुन् । रिट निवेदकको तर्फबाट बोलेकी उनले पुस २६ गते न्यायाधीश दिपक कार्की र मीरा खड्काले राति ८ बजेदेखि ९ः१० बजेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको सुन्नमा आएको बताइन् ।

यस्तै पुस २७ गते न्यायाधीशद्धय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानले १ः२० बजेदेखि २ः५५ बजेसम्म भेटेका सुन्नमा आएको भन्दै उनले अघि भनिन् न्यायालय स्वच्छ र निश्पक्ष होस् भन्ने चाहना हो । तर यो के हो ?

प्रतिक्रिया दिनुहोस्