देशको विकास व्यक्तिको आर्थिक विकासबाट मात्र संभव छ : देवचुलीका नगर उपप्रमुख तिवारी



काठमाडौं । देशको समग्र विकासको लागि व्यक्तिहरुको आर्थिक विकासबाट मात्र संभव रहेको देवचुलीका नगर उप प्रमुख पार्वता तिवारीले बताउनुभएको छ ।

आज देवचुली ६ किर्तिपुरमा न्युन आय भएका व्यक्तिहरुको आयआर्जनको लागि बाख्रा वितरण कार्यक्रममा उप प्रमुख तिवारीले बताउनुभएको हो । समग्र विकासको लागि सरकारका ३ तहहरुनै लागेको र वर्तमान समयमा व्यक्तिहरुको आर्थिक विकास गर्न सके मात्र समग्र देशको नै विकास हुनेमा उहाँको जोड रहेको थियो ।

कोरोना महामारीमा धेरै नै रोजगारीहरु बिमुख भएको र स्थानीय तहहरुले पनि यसै गरी विभिन्न संस्थाहरुसँगको साझेदारीमा रोजगारी सृजनामा लागिपरेको बताउनुभएको थियो । संस्थाले प्रत्येक घरमा दिएका बाख्राहरुको सुरक्षित रुपमा पालन गर्नको लागि र यसबाट फाईदा लिने गरी कार्यहरु गर्न समेत सुझाव दिनुभयो ।

जागृति बाल तथा युवा सरोकार नेपालले नेपाल हिल्फे विटीकम जर्मनीसँगको साझेदारीमा देवचुली ६ किर्तिपुरमा आयआर्जन कार्यक्रम विगत ३ वर्षबाट सञ्चालन गरिाराखेको छ । समाजमा रहमा अल्पसंख्यक, सिमान्तकृत, गरिव र दलित समुदायका व्यक्तिहरुको आयआर्जनमा सहयोग गर्दै उनीहरुको बालबालिकाहरुको शिक्षा, स्वास्थ्य, सरसफाई, बालबालिकाको अतिरिक्त क्रियाकलापमा सहयोग र पठन सिकाईमा सहयोगको लागि सो कार्यक्रम सञ्चालन गरिएको कुरा संस्थाका महासचिव दिपक शर्माले बताउनुभयो ।

संस्थाले आजसम्म चौथो चरणभित्र ८२ घरका प्रत्येक घरलाई २ वटा जमुनापारी र खरी जातका पाठीहरु र ब्याडे बोका वितरण गरिसकेको र सो वडाका १०० घरसम्म उन्नत खालका बाख्राहरुको वितरण गरि समाजको उत्थानको लागि कार्यहरु गरिरहेको संस्थाले बताएको छ ।

आज एक कार्यक्रमका विच १७ घरलाई २ वटा बाख्रा गरी ३४ वटा वितरण गरेको र वर्तमान समयमा कोभिडको कारणबाट रोजगारी बिमुख भएका र गरिव परिवारको लागि संस्थाले गरेको यो सहयोगले आर्थिक रुपमा सवल बनाउनमा सहयोग गर्ने देवचुली ६ का वडा अध्यक्ष मिन बहादुर सोतीले बताउनुभयो । वडाले राम्रो गर्ने घरको छनौट गरेर उपहार स्वरुप अन्य सहयोगहरु समेत गर्ने र त्यसको लागि समेत सवै लागेर कार्यहरु गर्नको लागि र बालबालिकाहरुलाई नियमित रुपमा विद्यालय लैजान, सफा राख्नको लागि र बालविवाहको समेत अन्त्यको लागि लाग्नको लागि वडा अध्यक्ष सोतीले अनुरोध गर्नुभयो ।

बाख्रा वितरण गर्ने कार्यक्रममा संस्थाका सल्लाहकार खिमानन्द भुसाल, कार्यसमितिका पदाधिकारी राजु चापागाई, वडाका जनप्रतिनिधीहरु, अन्य सरोकारवालाहरुको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्