एमसीसीबारे छिटो निर्णयमा पुग्नुपर्छ : ऊर्जामन्त्री रायमाझी



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री टोपबादुर रायमाझीले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पेरेसन (एमसीसी) बारे छिटो निर्णयमा पुग्नुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै मन्त्री रायमाझीले एमसीसीबारे तुरुन्त निर्णय गर्नुपर्ने पक्षमा आफू रहेको स्पष्ट पारे । एमसीसी लागू गरौं या खारेज गरौं, तर अब अलमलको अवस्थामा बस्नु हुँदैन ।

ऊर्जा संकट हटाउन ९९ बुंदे कार्ययोजना मैले तयार गरेको हुँ, कुलमान घिसिङलाई मैले नै राखेको हुँ, मन्त्री रायमाझीले भनेका छन्, तर सरकार ढलेपछि लोडसेडिङ हटाएको जस अर्कैले लियो ।

प्रतिक्रिया दिनुहोस्