‘ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं’ : रामचन्द्र पौडेल



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर असंवैधानिक काम गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकार गरिसकेको दाबी गरेका छन् ।

वैधानिक काम गरेको छैन भन्ने कुरा ओलीले स्वीकार गरेको भन्दै उनले प्रतिनिधि सभा विघटनविरूद्ध सशक्त संघर्षमा उत्रन नेतारकार्यकर्तालाई आग्रह गरेका छन् ।

‘प्रतिनिधि सभा विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरूद्ध डटेर विरोध प्रदर्शन गरौं,’ शुक्रबार भिडिओ अपिल जारी गरेका पौडेलले भनेका छन्, ‘प्रधानमन्त्री ओली आफैँ भनिरहेका छन्- यो विधि विधानको कुरा होइन ।

प्रधानमन्त्री ओलीको यस्तो असंवैधानिक कामले देशलाई अन्धकारतर्फ लैजाने उनले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्