सभा विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शनमा जुट्न नेता/ कार्यकर्तालाई देउवाको निर्देशन



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेपछि आन्दोलनमा रहेको नेपाली कांग्रेसले शनिबार देशभरका ७५३ वटै स्थानीय तहबाट सरकारविरूद्ध विरोध प्रदर्शन गर्ने तयारी गरेको छ ।

सभापति शेरबहादुर देउवाले शुक्रबार अपिल जारी गर्दै प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमविरूद्ध प्रदर्शनमा जुट्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् ।

‘भोलि माघ ३ गते ७५३ स्थानीय तहमा निर्धारित विरोध प्रदर्शन सक्रिय सहभागिता साथ प्रभावकारी रुपले सफल बनाउन म सबैमा हार्दिक अपील गर्दछु,’ देउवाले भनेका छन् ।

यसअघि कांग्रेसले सरकारको सिफारिसमा प्रतिनिधिसभा विघटन गरिएको घटनाविरुद्ध पुस १३ गते १६५ निर्वाचन क्षेत्रमा र पुस २५ गते ३३० प्रदेशसभा निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गरेको थियो।

प्रतिक्रिया दिनुहोस्