प्रचण्ड-माधव पक्षको स्थायी समिति बैठक बस्दै



काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव पक्षको स्थायी कमिटी बैठक शुक्रबार पनि बस्दैछ । बिहीबारबाट सुरु भएको बैठक कोटेश्वरस्थित पार्टी कार्यालय पेरिसडाँडामा ११ बजेपछि बस्ने स्थायी समिति सदस्य लिलामणि पोखरेलले जानकारी दिए ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ मा संसद विघटन गरेपछि लगातार आन्दोलनमा उत्रिएको नेकपाले आज बस्ने बैठकपछि आन्दोलनका थप कार्यक्रम तय गर्ने बताइएको छ ।

यसअघि उसले माघ २३ सम्मका आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ । संसद विघटनविरुद्धको आन्दोलनलाई अझ प्रभावकारी र शसक्त बनाउने नेकपाको योजना छ ।

साथै आजको बैठकमा अध्यक्ष माधवकुमार नेपाल नेतृत्वको कार्यदलले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ ।

प्रतिक्रिया दिनुहोस्