श्रीमानलाई छोडेर आफ्नै सौतेनी छोरासँग विवाह गरेकी यी महिला आमा बन्दै…



३५ बर्षिया ब्लगर बाल्मासेभा आफ्नै सौतेनी छोराको बच्चाको आमा बन्ने भएकी छिन् । आफ्ना श्रीमानलाई छोडेर ब्लगरले सौतेनी छोरासँग प्रेम गरेकी थिइन् । तौल घटाउने विषयमा धेरैलाई प्रोत्साहन गर्ने यी महिला अहिले आफ्नो निजी हर्कतका कारण चर्चा र घृणाको पात्र बनेकी छिन् ।

आफ्ना सौतेनी छोरालाई ब्लगरले ७ वर्षको उमेरदेखि नै देखेकी थिइन् । त्यतिबेला ब्लगरको उमेर २२ वर्ष थियो । सोही समयदेखि आफु सौतेनी छोराको निलो आँखाबाट प्रभावित भएको उनले बताइन् । आफ्ना पूर्व सौतेनी छोरा अर्थात् युवा श्रीमान्सामु आर्कषक देखिन उनले प्लास्टिक सर्जरी गरेको बताइन् । ‘यद्यपी, यहाँ एउटा के कुरा महत्वपूर्ण छ भने उनी मेरो दागसहितको अनुहारलाई देखेरै नै प्रममा परेका हुन्,’ उनले भनिन् ।

आफुले परिवारलाई तहसनहस गरेकोमा उनलाई केही पश्चाताप पनि छ । ‘मलाई यो कुरामा खेद लागेको थियो कि मैले आमा र बाबुको स्थायीत्वलाई मारें,’ उनले भनिन् ।

प्रतिक्रिया दिनुहोस्