क्यान्सरबाट डिएसपी केसीको निधन



काठमाडौं । नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) डम्बर बहादुर केसीको निधन भएको छ । बुधवार राती प्रहरी अस्पताल महाराजगञ्जमा उनको निधन भएको हो ।

पेटको क्यान्सरबाट पिडीत केसी पुस २७ मा प्रहरी अस्पतालमा भर्ना भएका थिए । गतराति उनको निधन भएको प्रहरी प्रवक्ता (एसएसपी) बसन्त कुँवरले बताए ।

केही समयअघि उनलाई कोरोना भाइरस पोजेटिभ देखिएको थियो । प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागमा दरबन्दी भएका केसी खानेपानी बोर्डमा कार्यरत थिए ।

प्रतिक्रिया दिनुहोस्