योगको थप महत्व र सान्दर्भिकता बढ्यो : प्रधानमन्त्री ओली



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को प्रकोपबारे प्रामाणिक खोज र औषधिका अभावमा वर्तमान विश्व प्रभावित भइरहेका बेला योगको थप महत्व र सान्दर्भिकता बढेको बताएका छन् ।

राष्ट्रिय योग दिवस, २०७७ का अवसरमा आज शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले योग, ध्यान र आहार विहारलाई जीवन पद्धतिका रुपमा दैनिक अपनाउन सकिएमा महामारीको सङ्क्रमण सामना गर्न सहज हुने जनाएका छन् ।

प्रधानमन्त्री ओलीको सन्देशमा हिमवत्खण्ड प्राचीनकालदेखि ऋषिमुनिहरुको तपोभूमिका रुपमा रहेकाले नेपाल योगको उद्गमस्थल रहेको उल्लेख गर्दै योगाभ्यास र आयुर्वेद एक भरपर्दो र प्राचीन उपचार पद्धति भएकाले स्वस्थ्य रहनका लागि यसलाई नियमित अभ्यासमा लान आग्रह गरे ।

नेपालमा विसं २०७२ माघ १ गतेदेखि राष्ट्रिय योग दिवस मनाइँदै आइएका यस वर्ष कोरोना महामारीका कारण भर्चुअल र टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत मनाइँदैछ ।

दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको मन्त्रलयका प्रवक्ता दीपक शर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्