घरमा आएकी पाहुनालाई बलात्कार गर्न खोजेको आरोपमा बेलायती महारानीका भतिजलाई जेल सजाय



आफ्नो पुख्र्यौली घरमा आएकी एक महिला पाहुनालाई बलात्कार गर्ने नियतले हिंस्रक आक्रमण गरेको आरोपमा बेलायती महारानीका भतिजा सिमोन बोवेस ल्योनलाई जेल सजाय सुनाइएको छ । घरमा आएकी पाहुना सुतिरहेको बेला सिमोन उनको बेडरुममा प्रवेश गरेका थिए ।

मदिराको नशामा रहेका सिमोनले महिलालाई पटक पटक अँठ्याएका थिए र आफूले उनीसँग प्रेमसम्बन्ध राख्न चाहेको बताएका थिए । यो क्रम करिब २० मिनेटजति चलेको थियो । उनले महिलाको कपडा खोलिदिने प्रयास गरेका थिए । त्यसपछि उनले महिलालाई भित्तातिर धकेलेर समातेका थिए ।

महिलाले अस्वीकार गरेपछि उनले महिलालाई गाली गर्दै आफूलाई आफ्नै घरमा के गर्ने भनेर उनले बताउनु नपर्ने भनेका थिए । डेलीमेलका अनुसार बोवेस ल्योनले डुन्डी क्राउन कोर्टमा आफूमाथि लागेको अभियोग स्वीकार गरेका छन् । उनले यो अपराधको लागि ५ वर्ष जेलमा बिताउनु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस्