ओली ध्वंशकारी मानिस हो : माधव नेपाल



काठमाडौं । नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले कुर्सी छोड्न परे कुर्सी नै भाँचिदिने मान्यताको मानिस भएको बताएका छन् ।

आज काठमाडौंमा आफू पक्षका नेता, कार्यकर्ता भेलामा बोल्दै उनले प्रतिनिधि सभा विघटनपछि ओली एक्लो र निरिह भएको दाबी गरेका छन् ।

‘केपी ओली एक्लो र निरिह हुनुभएको छ । तर अझै दम्भ सकिएको छैन,’ उनले भने, ‘कुर्सी छोड्न परे कुर्सी भाँचिदिने मान्यताको मानिस हो उहाँ ।’

उनले ओलीलाई ध्वंशकारी मानिस भएको पनि आरोप लगाएका छन् । ‘उहाँले पार्टी बनाउनु भएको छ ?,’ उनले प्रश्न गरे, ‘उहाँ ध्वशंकारी हो ।’ उनले बा प्रवृत्ति ओलीमा रहेको पनि बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्