

काठमाडौं । प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव समूहका पश्चिम कमाण्ड प्रमुख धर्मेन्द्र बाँस्तोला पक्राउ परेका छन् ।
बाँस्तोलासहित केही विप्लव कार्यकर्तालाई महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले बुधबार ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट पक्राउ गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दियो ।
विप्लव समूहको गतिविधि रहेको थाहा पाएपछि खटिएको प्रहरी टोलीले बाँस्तोलासहित केहीलाई पक्राउ गरेको ती अधिकारीले जानकारी दिए ।
‘हाम्रो अपरेसन जारी छ, के कति व्यक्ति पक्राउ परेकोबारे यकिन भइसकेको छैन,’ उनले भने । महानगरीय प्रहरी परिसर ललितपुरले मकवानपुरसँग सीमा जोडिएको क्षेत्रमा परिसरले अपरेसन गरेको बतायो ।