अब धेरै समय बाँकी छैन मेरो नानु सियोनालाई बचाई दिनुस भन्दै आमा आईन लाइभमा (भिडियो सहित)



काठमाडौं । स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई संसार भरी बाट आर्थिक संकलन हुने प्रक्रिया जारी छ । थोपा थोपा मिलेर नदी र नदी नदी मिलेर समुन्द्र बने झैं सबैको प्यारी सियोनाको उपचारका लागि संसार बाट सहयोगमा अहिले सम्म १६ करोड नेपाली रकम भन्दा धेरै संकलन भएको सियोनाको आमाले जानकारी गराउनु भएको छ ।

सामाजिक संजाल मा लाइव गर्दै उहाले आफ्नो छोरीलाई बचाउन आग्रह गर्नु भएको छ । सियोनाको पुरै उपचारको लागी २५ करोड नेपाली रुपयाको खर्च लाग्ने जानकारी गराउनु भएको छ ।

सियोनाको आमा लेख्नु हुन्छ : सियोना जन्मेको २०७६/५/२६ गते अहिले १६ महिना भयो सियोना यो रोग संग लडेको ६ महिनाको उमेर देखि हो र अहिले सम्म लड्दै आको छ । सियोना नेपालमा हुदा देखि नै धेरै आस्पताल मा भर्ना भयो र पोल्याण्ड को आस्पताल मा नि icu मा महिना भन्दा धेरै बसेउ तर सियोनाले हार मानेको छैन धेरै शंघर्ष गर्दै आएको छ ।

अब कति सहोस बिचारा यो सानो बच्चाले तेसैले आउनुस मेरो नेपाली परिवार नानुको यो रोग लाई सधैको लागी हटाई दिउ । सियोनालाई नया जीवन दिनु र तेस्को लाई १ या २ जना मात्र भएर हुन्न सबै को एकता चाहिन्छ सबैले please आफ्नो आफ्नो साथी परिवार मा हेल्प गर्न लाई request  गर्दिनु अलि अलि गर्दै हुने हो सक्ने ले अभियान चलाई दिनु र नसक्ने ले share  र आशिर्बाद दिनु ।

नानु को उपचार आउने भद्र सम्ममा गर्नु पर्ने छ समय धेरै कम छ । तेसैले सबैले साथमा साथ दिनु होला है र सबैलाई धन्यवाद अहिले सम्म साथ दिनु भएको मा । र यो videos नानुको हेर्नु होला उसले सहेको यो दुख र हामी आमा बुवा ले पनि धेरै सहेको छम तर हामी हार मान्दैनौ ।

प्रतिक्रिया दिनुहोस्