५ मिनेटमा घर आइपुग्छु भन्दै श्रीमतीलाई फोन गरेका नेपाली सेफको लण्डनमा विभत्स हत्या…



लण्डनमा एक नेपाली सेफको विभत्स हत्या भएको छ । लण्डनको इस्टकोट स्टेशन अगाडि आइतबार राति करिब साढे १० बजे ३५ बर्षिया विक्रम केसीको हत्या भएको जानकारी प्राप्त छ ।

सोसल ढाबा नामक रेष्टुरेन्टमा काम गरेर फर्किरहेका विक्रमको एक अपरिचित युवकसँग झडप भएको थियो । सामान्य भनाभनमा २१ बर्षिया युवकले कुटपिट गर्दा उनको घटनास्थलमै मृत्यु भएको बताइएको छ । अहिले ती युवकलाई प्रहरीले पक्राउ गरिसकेको छ । तर दुईको झगडा पर्नुको कारण भने खुल्न सकेको छैन ।

‘आफ्नी श्रीमतीलाई फोन गरेर म ५ मिनेटमा घर आइपुग्छु भनेका रहेछन्’, एनआरएनए युरोप उपसंयोजक समेत रहेका तिमल्सेनाले भने, ‘आधा घण्टासम्म पनि श्रीमान नआएपछि श्रीमती स्टेशनतिर निस्कंदा प्रहरी र एम्बुलेन्स आइसकेका रहेछन् । प्रहरीसंग आफ्ना पतिबारे सोधखोज गर्दा प्रहरीले उनको हत्या भएको पुष्टि गरे ।’

काठमाडौं घर भएका केसी श्रीमती र भाइ बुहारीका साथ लन्डनमा बस्थे । एकजना निर्दोष साथीको हत्याको खबर सुनेपछि बेलायतका नेपाली सेफहरु स्तब्ध भएका छन् ।

प्रतिक्रिया दिनुहोस्