कर्णाली प्रदेश सरकारलाई काम गर्न सजिलो छैन : मुख्यमन्त्री शाही



काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेश सरकार अल्पमतमा रहेको चलाएकोजस्तो महशुस गरिएको बताएका छन् ।

मंगलबार नियमित पत्रकार सम्मेलनमा बोल्दै उनले कर्णालीमा बहुमत हुँदाहुँदै पनि सरकार अल्पमतमा चलाएकोजस्तो भएको बताए ।

‘कर्णालीमा विभिन्न समस्या छन्, यसले गर्दा बहुमत हुँदा पनि अल्पमतको सरकार चलाएको जस्तो अहिले भएको छ,’ मुख्यमन्त्री शाहीले भने, ‘कर्णाली प्रदेश सरकारलाई काम गर्न त्यति सजिलो छैन ।’

मुख्यमन्त्री शाहीले कर्णाली प्रदेश सरकारलाई अगाडि आएर केही तत्वहरूले बार हालेर काम गर्न समस्या पारेको बताए।

प्रतिक्रिया दिनुहोस्